भक्तपुर । सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार अध्यादेश ल्याएको स्पष्ट पारेका छन् ।
रफत सञ्चार क्लबको १५ औं वार्षिकोत्सव कार्यक्रमको बुधबार भक्तपुरमा उद्घाटन गर्दै मन्त्री गुरुङले भने, भ्रष्टाचार अन्त्य गर्न, कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर अध्यादेश ल्याएका हौ । उनले यो अध्यादेश संसदबाट नै पारित गर्ने र संसद्लाई छल्ने कुरा नआउने उनले बताए।






