मनाङमा भूकम्पको धक्का महसुस

काठमाडौँ । हिमाली जिल्ला मनाङको भ्राका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार (आज) बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो। 

केन्द्रबिन्दु रहेको भ्राकासहित आसपासका क्षेत्रमा धक्का महसुस गरिएको जनाइएको छ।  तर यसबाट जनधनको कुनै ठूलो क्षति भएको खबर छैन्।

नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ। धक्कापछि स्थानीय त्रासमा छन्।

 

Related posts