पश्चिम नवलपरासीको पाल्हिनन्दनमा बाबुराम भट्टराईको पुत्ला दहन

बिनोद निगम
नवलपरासी । विश्व हिन्दू परिषद् राष्ट्रियले पश्चिम् नवलपरासीमा जसपाका सङ्घीय परिषद्का बरिस्ठ नेता तथा पूर्व प्रधानमन्त्री भट्टराईबिरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरेको छ ।
photo 2021 07 24 11 56 55
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड नं ०३ बेलासपुर चौकामा अभियानका संयोजक गुड्डु गुप्ताको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन गरिएको हो।

प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए। प्रदर्शनको क्रममा अभियानका कार्यकर्ताहरुले इसाईका दलाल बाबुराम–मुर्दावाद, देश वेचुवा बाबुराम–मुर्दावाद, रक्तचुसक बाबुराम –मुर्दावाद र मातृभुमिका गद्दार–मुर्दावाद भन्दै पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए।

photo 2021 07 24 11 56 56

अभियानका संयोजक गुड्डु गुप्ताले पछिल्लो समय पूर्व प्रधानमन्त्री भट्टराई हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै हिन्दुत्व विरोधी घृणा फैलाउने अभिब्यक्ति दिँदै आएकोले उनको पुतला दहन गरिएको बताए। उनले भने, ‘पूर्व प्रधानमन्त्री भट्टराई इसाईका दलाल हुन्, पछिल्लो समय उनी हिन्दुत्वविरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन्।, उनी चर्चका एजेण्ट हुन्।

४ दिनअघि पूर्व प्रधानमन्त्री भट्राईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले पुजा गर्ने क्रममा दुधसहितका बस्तु भगवानलाई चढाएको तस्बिरलाई ट्वीट गर्दै हिन्दुत्वविरोधी घृणा फैलाउने स्टाटस लेखेका थिए।

कार्यक्रममा विश्व हिन्दू परिषद नेपाल नवलपरासीका जिल्ला सचिव गोपाल गिरी , यूवा नेता राकेश गुप्ता, अभियन्ता केदार गिरी,राजेश गुप्ता,त्रिभुवन पटेल,धर्मेन्द्र गिरी,आदित्य प्रजापती, रन्जीत शर्मा र विनय मिश्रा लगायतको सहभागिता रहेको थियो।

Related posts