काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन्।
उनी मंगलबार बिहान ९ बजे स्वास्थ्य परीक्षणका लागि शीतल निवासबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएकी हुन्।
शीतल निवास श्राेतका अनुसार राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल गएकी हुन्।






