दमौली (तनहुँ), कात्तिक १८ । यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय अमित सुयाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।राति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अमितलाई एक्कासी करेन्ट लागेको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सांसद यादबद्वारा १० लाख बराबरको २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण
२०७८ साउन २ | बिहान ०८:०४ बजे
उपेन्द्र यादव १८ महिना सरकारमा रहदा गर्न नसकेको काम १८ दिनमा गर्यौं : राजेन्द्र महतो
२०७८ साउन १४ | मध्यान्ह ०६:०४ बजे
नवलपरासीमा मोटरसाइकल दुर्घटना : चालक गम्भीर घाइते
२०८० बैशाख ३ | मध्यान्ह ०३:०१ बजे


