जनकपुर बिमानस्थलमा छटको प्लाई झरेर एक जना यात्रु घाईते

धनुषा । जनकपुर विमानस्थलको भवनको ढलान कार्य कमसल रहेको भेटिएको छ । प्रदेश नं.२ को राजधानी शहर जनकपुरधामको विमानस्थलमा करिब ६ महिना अगाडि बनाइएको यात्रु प्रतिक्षालय भवनको ढलान कार्यमा भएको व्यापक अनियमितताको कारण भवनमा लगाइएको प्लाई छतबाट झरेर एक जान घाईते भएका छन् ।

सरकारी नीति र कमिसनको खेलले गर्दा काम सकाउने बजेट पचाउने नियतले गरेको विकास आजभोली ओझेलमा परेको देशका थुप्रै घटना बाहिरिनु जरुरी छ ।

विमानस्थल जस्तो गरिमामय क्षेत्रमा समयमा गहिरो ध्यान दिएर समयमा काम सम्पन्न गर्नुपर्ने अवस्थामा कमसल कामले गर्दा यात्रुलाई छतमा राखिएको प्लाइले ठोकिएर घाईते हुनु त्यसका टेण्डर लगाउने कर्मचारी अनि ठेकेदारलाई कानुनी दायरामा ल्याई कारवाहीको लागि सम्बन्धित निकायमा पठाउन जरुरी छ ।

Related posts