काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाैँ उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ ।आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts
एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै
२०७९ असार ७ | बिहान ०८:०३ बजे
पूर्व आईजी ध्रुवबहादुर प्रधानका पीएसओ चाैधरीका श्रीमतीको मृत्यु
२०८० अशोज १९ | बिहान ०८:०६ बजे
मलेसियाबाट नेपाल फर्किने क्रममा मलेसियाको विमानस्थलमै अचानक ढलेर राज किशोरको मृत्यु
२०८० अशोज २६ | मध्यान्ह ०६:०६ बजे

