प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ, जेठ ७। प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐन महरले बझाङको सुर्मा गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनका क्रममा लेक लागेर गम्भीर बिरामी परेका २२ वर्षीय प्रेम बोहराको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा समय लिएर उहाँले भन्नुभयो, “बिरामीलाई त्यस क्षेत्रबाट बोकेर ल्याउने अवस्था छैन, तत्काल ज्यान जाने खतरा छ, उहाँको तुरुन्त उद्धार गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

बझाङको सुर्मा गाउँपालिका(१ का बोहरा केही दिन अघि सोही गाउँपालिकाको पाँच हजार मिटर माथिको क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न जानुभएको थियो । उहाँ आज लेक लागेर गम्भीर बिरामी हुनुभएको सांसद महरले जानकारी दिनुभयो ।

Related posts