भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण

काठमाडौं, जेठ ७। भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छन् ।

पुष्य नक्षत्रको पुनित अवसरमा उनले अर्पण गरेको चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्नेगरि पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा गुठी संस्थान अन्तर्गतको पशुपतिनाथको कार्यलयलाई हस्तान्तरण गरिएको हो ।यस वर्षको नित्य पूजाका निम्ति आवश्यक चन्दन प्रतिनिधि सभा सदस्य सन्दीप रानाको पहलमा अमित शाहले अर्पण गरेका हुन् । न्यूज बैंक

Related posts