कन्या विवाह कार्यक्रम–२०८३। कपिलवस्तुमा सामाजिक सेवामूलक संस्था महाकाल युवा शक्ति नेपाल को पहलमा कन्या विवाह कार्यक्रम–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। समाजमा आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका छोरीहरूको विवाहलाई सहज बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले सामाजिक सद्भाव र सहयोगको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र विपन्न परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ। महाकाल युवा शक्ति नेपालले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्थानका क्षेत्रमा यस्तै जनहितकारी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।






