मलेसियामा कोभिड संक्रमणले बिनोदको निधन

अर्जुन लिम्बू
क्वालालम्पुर । मलेशियाको ईपो क्षेत्रमा कार्यरत एक नेपाली श्रमिकको कोरोना भाईरस सङ्क्रमणको कारणले मृत्यु भएको छ।

मलेशिया ईपोको एसएसबिएन वेपन ईक्युपमेन्ट एसडीएन बिएचडी कम्पनीमा केहि बर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका ३७ बर्षिय बिनोद कुमार खाङ्ग कात्वेको सोमबार राती मृत्यु भएको हो।

बैधानिक तबरमै काम गरीरहेका बिनोदले कोभिड-१९ बिरुद्धको पहिलो खोप लगाइ सकेका थिए। केहि दिन अघि देखि साधरण ज्वरोले आएपछि क्वारेन्टाइनमा बसीरहेकै अवस्थामा उनको ज्यान गएको हो।

Related posts