रौतहटको जमुनिया बिद्यालयकोलागि नगर प्रमुख कुश्वाहको पहलमा जग्गा खरिद

सिताराम साह । रौतहटको कटहरिया नगरपालिकाका लोक प्रिय नगर प्रमुख सियाराम कुश्वाहाको पहलमा आज आधारभुत बिद्यालय जमुनियाको लागि जग्गा खरिद भएको छ । सो बिद्यालयमा छात्रछात्राको संख्या बढ्दै गएपछि भवनको कोठाको व्यवस्थाको लागि निर्माणमा समस्या हुंदा शिक्षक तथा अभिभावकको अनुरोधमा टेण्डर प्रक्रियाबाट आज जग्गा खरिद गरिएको छ।

सोमबार कटहरिया १ जमुनिया बिद्यालय प्रांगणमा खुला टेण्डर प्रक्रिया मार्फत प्रती कठा ५ लाख१० हजार ९२५ को दरले चारकठा १७ धुर जग्गा खरिद गरिएको छ ।

नगर प्रमुख सियाराम प्रसाद कुशवाह, वडासदस्य मोतिन मियाँ, प्रमुख प्रसाशकिय अधिकृत रामप्रकाश साह, शिक्षा शाखा संयोजक अनिल कुमार निधि,जग्गा धनी दुर्गा ठाकुर, एमाले नेता किशोरी महतो, नागेन्द्र गिरी लगायत समाजसेवी बुद्धिजीवीको उपस्तिथिमा टेण्डर खुला गरिएको सहभागी महेश यादवले जानकारी दिएका छन ।

Related posts