मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान सवा चार बजे बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

Related posts