दादा हौँ’ भन्दै ९० लाख २५ हजार रुपैयाँ रकम असुल्ने २ जना पक्राउ

काठमाण्डौ । गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुकेधारा बस्ने ४० वर्षीय मिलन जोशी र बालुवाटार बस्ने दोलखा भीमेश्वर नगरपालिका–५ माटी ठेगाना भएका रवीन्द्र बस्नेत रहेका छन् । उनीहरुले पानीपोखरीको युनिभर्सल इन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई आफूहरू त्यस क्षेत्रको ’दादा’ भएको भन्दै विदेश पठाएका व्यक्तिहरूबाट लिएको रकममध्येको कम्तीमा प्रति–व्यक्ति २५ हजार रुपैयाँका दरले कमिसन लिने गरेका थिए।

यही मङ्सिर १६ गते कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र कर्मचारीसमेतलाई ज्यान मार्ने धम्की दिइ थप रकम माग गर्दै हातपातसमेत गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाण्डौ मित्रपार्कबाट पक्राउ गरेको हो।

Related posts