सिरहामा न्युज 24 च्यानलका पत्रकार सहनीमाथि सरकारी वकिल कार्यालय न्यायाधिवक्ताद्वारा दुव्र्यवहार

विनोद मण्डल
सिरहा । सिरहामा पत्रकार माथी दुव्र्यवहार भएको छ । ज्यान मार्ने उद्योगका आरोपित मिर्चैया नगरपालिकाका मेयरलाई जिल्ला अदालतले तीस हजार रुपियाँ धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध चौतर्फी आलोचना आएकोले समाचार संकलनको लागि सरकारी वकिल कार्यालय पुग्दा न्यायाधिवक्ता सन्तोष प्रसाद भण्डारीले न्युज 24 च्यानलका पत्रकार दिलिप सहनी माथी दुर्ब्यबहार गरेको हो ।

उनले दुव्र्यवहार गर्नुका साथै पत्रकारलाई जिल्ला प्रहरीमा फोन गरेर नियन्त्रण लिन पठाएको थियो ।न्याय प्रशासन भ्रष्ट भइरहेको अवस्था अनि राजनीतिक तरलताका कारण प्रेस अर्थात् पत्रकारिता जगत र पत्रकार सिंगो प्रेसमाथि नियोजित रुपमा सिकार बन्नु पर्ने नेपालको कानुनले प्रेसमाथि ठाडो चुनौती दिएको छ ।

पत्रकार सहनीलाई नियन्त्रण लिन पठाउने न्यायाधिवक्ता सन्तोष प्रसाद भण्डारीको गतिविधिमाथि नेपाल पत्रकार महासंघ सिरहा शाखाको गम्भीर ध्यााकर्षण हुनुका साथै सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कारबाहीको माग समेत गरेका छन् ।

Related posts