काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आनन्दराज बतासको चरित्र हत्या भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । साथै उनले बतास एक संघर्षशील, अध्यात्मिक विचारका मिलनसार व्यक्ति भएको उल्लेख गरेका छन्।
विभिन्न पुरातात्विक तथा सार्वजनिक सम्पत्ति राजनीतिक पहुँच बनाएर दोहन गरेको आरोपमा बतास समूहको आलोचना भइरहेका बेला थापाको धारणा बाहिरिएको हो ।
बतासबाट कानून उल्लंघन भए कानूनी कारबाही गरिनुपर्ने तर चरित्र हत्या गर्न नहुने थापाको तर्क छ । ‘आनन्दराज बतासविरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ। भित्री रहस्य थाहा छैन। मैले चिनेको सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्उ,’ सामाजिक सञ्जालमा थापाले लेखेका छन् ।
उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारबाही गरिनुपर्छ। चरित्रहत्या गरिनु ठीक होइन ।’







