मन्त्री प्रेम आले विरुद्ध एक्सन लिने आनन्द बतासको घोषणा

काठमाडौ । नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट बनाएर विवादीत भएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले विरुद्ध एक्सन लिने घोषणा गरेका छन् ।

आफुले सम्पुर्ण प्रक्रिया पुरा गरेर गरिरहेको कामलाई मन्त्री आलेले हस्तक्षेप गरेर भत्काएको भन्दै बतासले आक्रोस पोखेका छन् ।

बतासले मन्त्री आलेको निर्देशनमा भएका सम्पुर्ण कामहरु गैर कानुनी रहेको दाबी गर्दै आफु चुप लागेर नबस्ने बताएका छन् । बतास समूहले गरेका एक पछि अर्को कामहरु विवादीत बनिरहेको बेलामा एक टेलिभिजनलााई अन्तर्वार्ता दिँदै बतासले नारायणहिटी दरबार संग्रालय बनाउँन आफ्नो कम्पनीले ठेक्का पाएको बेलामा प्रेम आले पनि मन्त्री रहेको बताएका छन् ।

एक बर्ष अघि बनाउँन दिने अनी अहिले मौखिक आदेशमा बन्द गराउँन मिल्छ ? बतासले प्रश्न गरेका छन् ।

Related posts