बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको छ ।

अब पेट्रोलको मूल्य १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

photo 2022 02 20 05 10 51

Related posts