स्रोत नखुलेको साढे ३९ लाख नगदसहित एक युवक पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीले शुक्रबार दिउँसो नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–६ बस्ने २२ वर्षीय टिकाराम भट्टराईलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको
बा.४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related posts