एमाले गठबन्धनमा प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार, कहाँ कसलाई सघाउने?

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले १६५ मध्ये १४१ स्थानमा आफ्नो उम्मेदवार उठाएको छ।

राप्रपा, जनता समाजवादी पार्टी र कांग्रेस बिपीसँग गठबन्धन गरेको एमालेले डडेलधुरामा बिपी कांग्रेसलाई छोडेको छ भने झापा ३, रूपन्देही ३ र ४, तथा बाँके २ मा राप्रपालाई छोडेको छ। 

यस्तै मोरङ ५, सुनसरी १, सप्तरी १,२ र ४, सिराहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, बारा २, पर्सा १ र २ जसपालाई छोडेको छ ।रौतहट ३ मा एमालेको उम्मेदवार त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवार दिएपछि त्यहाँ पनि एमालेको उम्मेदवार छैनन्।

यस्तै चितवन तीनमा पनि एमालेले आफ्नो उम्मेदवार फिर्ता गरेर अन्य उम्मेदवारलाई सघाउने भएको छ। नवलपरासी पश्चिममा हृदयेश त्रिपाठीलाई सघाउने भन्दै एमालेले उम्मेदवार फिर्ता लिएको छ। 

Related posts