कपिलवस्तु, कार्तिक ३ । कपिलवस्तुको प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका हुन् ।
शाहलाई क्षेत्रका जनताले ३ पटक प्रत्यक्षमा आफ्नो मत दिई विजयी बनाएको तथा एक पटक मनोनीतमा सांसद भई क्षेत्रको जनता बिच छुट्टै पहिचान बनाउन सफल युवा तथा विकासशील नेताका रुपमा क्षेत्रको विकास लगायत जनताको सुख दुखमा सधै साथ दिदै आएका कुरा स्थानीय खुलेरै तारिफ़ गर्छन ।
प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिएका अभिषेक प्रताप शाहले क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रको विकास गर्दै आएको र अझ विकास गर्ने उद्देश्यका साथ जनता बिच आफ्नो चुनावी एजेन्डाका साथ जन समपर्क गरिरहेको जानकारी दिएका छन् ।
उक्त प्रचार प्रसारमा वडा कमिटी, नगर कमिटी, क्षेत्रीय कमिटी, जिल्ला कमिटीका पदाधिकारीहरु, पार्टी समर्थक, शुभचिन्तक बाम लोकतान्त्रिक गठबन्धन समर्थक लगायतको सहभागितामा प्रचार प्रसारमा तिब्रता दिएका छन् ।






