काठमाडौं, पुस १८ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन् ।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनका अनुसार चौधरीलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरिएको हो । ‘लुम्बिनी प्रदेश संसदीय दल नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन हुनुभयो ।’ उनले भने ‘हामीले सहमतिमै दल नेता चयन गरियो ।’
लुम्बिनीमा कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए । चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन भएका हुन् ।






