नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना, चालकसहित ४५ जना घाइते

परासी, माघ ७ । नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना हुदा चालकसहित ४५ जना घाईते भएका छन । आज बिहान करिव ११:३० बजे पाल्हिनन्दन गाउँपालिका – १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा बस दुर्घटना भएको हो ।

युपी १६ एफटी ७४६६ नम्बरको बस त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेका यात्रुहरुलाई लिइ भारत तर्फ जाँदै गर्दा बसको स्टेरिङ फेल भई बस अनियन्त्रित भई बाटो देखी अन्दाजी १० मिटर तल घोलामा पल्टिएर दुर्घटना भएको हो । बसमा अन्दाजी ६०/६५ जना सवार मध्ये ४५ जना भारतीय तीर्थालुहरु घाइते भएका छन । घाईतेहरुको प्रहरी र स्थानीयले उद्दार गरि उपचारका लागि जिल्ला अस्पताल परासी पठाईएको छ ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय महेशपुरबाट प्र.नि. मेघनाथ चांँपागाईको कमाण्डमा ट्राफिकसहित १५ जना र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट ११ जनाको टोली खटाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिएको छ ।

घाईते मध्ये एक जना गम्भीर रहेको छ भने अन्य सामान्य रहेको छ । बस घटनास्थलमै रहेको छ । सोही स्थानमा बाटो अबरोध नभएकोले अन्य बस, तीर्थालु यात्रुहरुलाई गन्तब्य तर्फ पठाउने पहल भईरहेकोसमेत पाण्डेयले जानकारी दिए ।

photo 2023 01 21 15 12 25
महेशपुर दुर्घटनाका घाईतेहरुको नामवली

Related posts