भोलीबाट सीता एयरको काठमाडौं-दाङ व्यवसायिक उडान सुरू 

काठमाडौ । सीता एयरले भोलि (बुधबार) बाट दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरू गर्ने भएको छ । सीताले काठमाडौं–दाङ सातामा तीन उडान गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार सीताले सोमबार, बुधबार र शनिबार उडान गर्नेछ । यसअघि सीताले गत माघमा परीक्षण उडान गरेको थियो। परीक्षण उडान सफल भएसँगै नियमित उडान गर्न लागेको हो। 

सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रबार दिउँसो एक बजे परीक्षण उडान गर्न लागेको हो। नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले पनि सातामा चार उडान गर्दै आएको छ। एयरलाइन्सले आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुँदै आएको छ।

यो गन्तव्य उडानका लागि सात हजार ७०० देखि ११ हजार ७३५ रूपैयाँ भाडादर रहेको छ।

Related posts