गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ, चैत १३ । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । 

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफुमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।

छलफलपछि थप प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जन भट्टले जानकारी दिए ।

Related posts