रौतहट । रौतहटको सदरमुकाम गौरमा एक ब्युटीपार्लरमा यौनधन्दा हुने गरेको खुलासा भएको छ । विशेष सूचनाका आधारमा प्रहरीले छापामारी दुई महिलासहित ३ जनालाई पक्राउ गरेको छ।
गौर नगरपालिका १ गुदरी बजार जाने बाटोमा सञ्चालनमा रहेको साहिबा ब्युटिपार्लरमा शुक्रवार दिउँसो प्रहरिले छापा मारेको हो । छापा मारेर यौनधन्दामा संलग्न यौनकर्मी महिला, ग्राहक र ब्यूटी पार्लर सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएका हुन ।
रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले समाजमा नराम्रो असर पर्ने गतिबिधि गर्ने तीनैजना माथि मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको बताए ।






