महानगरले पुन: बस्ती उठाउन लागेको भन्दै काठमाडौमा विरोध प्रदर्शन

काठमाडौ । काठमाडौं महानगरपालिकाले पुनः बस्ती हटाउने तयारी गरेपछि सुकुमबासीहरु विराेधमा उत्रिएका छन् ।

नगर प्रहरी आउन लागेको खबर पाएपछि बागमती करिडोरका सुकुमबासीले टायर बालेर प्रदर्शन गरेका हुन् ।
करिडोरको बानेश्वर क्याम्पस–सिनामंगल क्षेत्रमा टायर बालेर र ढुंगा राखेर उनीहरुले महानगरकाे टाेलीकाे बाटाे राेक्ने प्रयास गरेका छन्।

यस क्षेत्रमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

Related posts