दुईवटा मतपत्रसहित बारा देवतालमा जसपा नेता यादव पक्राउ

बारा, वैशाख १० । मतपेटिकामा दुईवटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्बर २ मा जसपाका एक नेता पक्राउ परेका छन् । देवताल गाउँपालिका – ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव पक्राउ परेका हुन् ।

उनी जिल्ला समन्वय समितिको सदस्य रहेको बताइएको छ । यादवको साथमा मतदान अधिकृतको हस्ताक्षर नभएको दुई वटा मतपत्र भेटिएको थियो । उनीसँग दुई वटा मतपत्र भेटिएपछि अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नेता यादवलाई पक्राउ गरेपश्चात सो पार्टीका स्थानीय नेता कार्यकर्ताले लफडा गरेर केही समय मतदान रोकिएको थियो । तर, तत्कालै थप सुरक्षाकर्मी सो मतदान केन्द्रमा पुगेपछि मतदान पुन: सुरु भएको छ ।

Related posts