भरतपुरको चौविसकोठीमा अतिक्रमित संरचनामा भरतपुर महानगरको डोजर चल्यो

चितवन, जेठ २१ । भरतपुर महानगरपालिकाले चौविसकोठीका अतिक्रमित संरचनामा डोजर चलाएको छ ।

भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा चितवन मेडिकल कलेज नजिक बनाइएको टहरा आज भत्काइएको हो ।

पुलचोक–गोन्द्राङ सडक अतिक्रमण गरेर बनाइएका टहरा भत्काइएको वडाध्यक्ष खनालले बताए । अतिक्रमित संरचना हटाउन पटक–पटक सूचना जारी गर्दा पनि अटेरी गरिएपछि महानगरले डोजर चलाउनु परेको उनले बताए ।

Related posts