नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते

नवलपरासी, साउन १ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – ५ स्थित घण्टाघर चोक नजिकै मोटरसाइकल दुर्घटना भएको छ ।

गएराती २:३५ बजे यूपी ५६ एआर २३१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – १ सुनरीका अन्दाजी २४ वर्षीय लक्षी सहानी घाईते भएका छन् ।

घाइते सहानीलाई गएराती नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक चोप बहादुर के.सी.को कमाण्डमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल परासी पठाइएको नवलपरासीका सूचना अधिकारी एवं डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

सहानीको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ । उनले मा.प.से. गरेर मोटरसाइकल चलाएका थिए । अन्य अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related posts