काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

धादिङ, भदौ ६ । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ ।

गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । ‘भर्खरै खसेको भन्ने सूचना आएको छ । उद्धार कार्य भइरहेको छ’, उनले भने ।

क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

Related posts