पोखरा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

पोखरा, पुस १३ । पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

२८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका – २९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका – ७ ताकमका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । 
रत्नले पोखराको नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Related posts