उनले लेखेकी छिन्, ‘अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनियो नत्र उहाँहरूले चाहे सम्म गाएको गाएकै गर्न निर्देश गरियो, हाम्रै सङ्गीत क्षेत्रको अभिभावकले। त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दुर्व्यवहार गर्ने खोज्यो र मैले त्यस्को तुरुन्त प्रतिकार गरे। यो आयोजकको गल्ती हैन र ? यस्ता कुरामा सजक हुने पर्ने हैन र ?’
यस्ता विषयमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने उनले बताएकी छिन्।






