रौतहटमा सीडीओलाई दिनुपर्छ भन्दै मिटरब्याज पीडितसँग पैसा उठाउने एक जना पक्राउ

रौतहट । मिटर ब्याज पीडितसँग पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका  ७ घर भएका भरोसी साह रहेका छन्। उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा पक्राउ गरिएको हो । 

आरोपी साहले सीडीओ र अन्य कर्मचारीलाई दिनुपर्छ भन्दै पीडितसँग ५० हजार रुपैयाँ माग गरेको थिए । पैसा लिइरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर  अनुसन्धान गरी पीडितको पैसा फिर्ता गराएर आरोपी भरोसीमाथि ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीले जानकारी दिइन् । 

मिटरब्याज पीडितलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइदिन्छु भन्दै सो बापत ५० हजार लिइरहेकै अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। 

Related posts