सडक भासिएपछि सवारी आवागमन बन्द

IMG 3498

प्रमोद सहनी / दाङ

अविरल वर्षाका कारण तुलसीपुर-अमिलिया सडक खण्डको दमारगाउँ नजिकको सडक भासिएको छ। सडक भासिएका कारण सवारी आवागमन बन्द भएको छ ।
उक्त सडक खण्ड भदौ २७ गते राती र २८ गते बिहानसम्म सडक मर्मत नहुँदासम्मका लागि आवागमन पूर्ण रूपमा बन्द हुने तुलसीपुर-१३ वडाध्यक्ष माेहन पाैडेलले जानकारी दिनुभयो ।
सडक भासिँदा दुवैतर्फका सवारी साधन रोकिएका छन् भने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङले घोराही हुँदै अन्य वैकल्पिक मार्ग प्रयोग गर्न सवारी साधन चालकहरूलाई अनुरोध गरेको छ।

सडक मर्मतको कार्य सुरु भइसकेको छैन, तर सम्बन्धित निकायहरूले सकेसम्म चाँडो मर्मत गरी आवागमन सुचारु गराउने प्रयास गरिरहेको प्रशासनले जनाएको छ ।

Related posts