बाजुरा, भदौ ३०। बाजुराको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकाले धुलाचौर बजार अनुगमन संगै सकिएको सामान जलाएर नष्ट गरेको छ । गाउँपालिकाले चाडपर्व नजिकिएसँगै धुलाचौर लगायतका बजार अनुगमन गरेको हो। अनुगमनका क्रममा म्याद सकिएका दैनिक उपभोगका सामान तथा औषधिजन्य सामानहरु बरामद गरि नस्ट गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । चार्डपर्व लक्षित बजारमा हुन सक्ने कालोबजारी र म्याद नाघेका सामानहरु बिक्री हुन सक्ने भन्दै अनुगमन कार्यलाई तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।
उमेश रोकाया
Related posts

प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय
२०७९ मंसिर १४ | मध्यान्ह ०१:०८ बजे
उदयपुरका कटारी नगरपालिकाका पहाडी क्षेत्रका जनप्रतिनिधि र स्थानीयले छुट्टै गाउँपालिका मागे
२०७८ असार ९ | मध्यान्ह ०४:०३ बजे
वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु
२०८२ कार्तिक २ | बिहान ११:०७ बजे


