नेपाल श्रमिक संघ केन्द्रिय तदर्थ समितिको सदस्यमा पर्साबाट छठुलाल प्रसाद चौरसिया मनोनित

वीरगंज ३० भदौ। नेपाल किसान महासंघ केन्द्रिय समितिले नेपाल श्रमिक संघ केन्द्रिय तदर्थ समितिको सदस्यमा पर्सा जिल्लाबाट दुई जना मनोनित भएका छन् ।

पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. २ निवासी छठुलाल प्रसाद चौरसिया र अर्का हरेन्द्र मुखिया मनोनित हुनु भएको छ । नेपाली काँग्रेसमा लामो समय देखि सक्रिय भई राजनीति गर्दै आउनु भएका चौरसियालाई महासंघका केन्द्रिय अध्यक्ष गणेश तिमिल्सनाले आईतवार मनोनित गर्नु भएको जनाईएको छ ।
पवित्रा पोख्रेलको संयोजकत्वमा गठित नेपाल किसान श्रमिक संघ केन्द्रिय तदर्थ समितिमा चौरसिया लगायत देशभरिबाट ३१ जना मनोनित भएको जनाईएको छ ।

Related posts