दसैँका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने

नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि आजदेखि असोज २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइन्छ।

राष्ट्र बैँकका अनुसार बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाउने छन्।

साथै इजाजतपत्र प्राप्त बैँक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ। 

Related posts