नवलपुर । नवलपुरको कावासोतीबाट तास खेलिरहेका अवस्थामा पाँचजना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा कावासोती- २ हिमाल चोकनिवासी ४० वर्षीय उज्ज्वल मल्ल, कावासोती- २ निवासी ४० वर्षीय गोविन्द न्यौपाने, ४२ वर्षीय खिम लामिछाने मगर, ४५ वर्षीय रामजी पाण्डे र कावासोती- ३ निवासी २९ वर्षीय देवराज बस्याल पक्राउ रहेका छन्।
उनीहरुलाई कावासोती- २ हिमाल चोकस्थित ४० वर्षीय उज्ज्वल मल्लको घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम सुचना अधिकारी जेशी शाहले नवलपुर टुडेलाई बताए।
प्रहरीले उनीहरूको साथबाट एक लाख चार हजार ५९५ रुपैयाँ नगद र चार बुक तास बरामद गरेको छ। त्यसैगरी, पक्राउ परेकालाई आजै म्याद थप गरी कारबाही प्रक्रिया अगाडी बढाउने जानकारी दिए ।






