धोबिनीको ब्लु हेभेन एकेडेमीमा पहिलो वार्षिक खेलकुद सुरु।

दिपेन्द्र चौधरी सहनी

लंगडी,पर्सा।

पर्साको धोबिनी गाउँपालिका वडा नं.-४ मा रहेको ब्लु हेभेन एकेडेमीमा पहिलो वार्षिक खेलकुद सुरु भएको छ।

ब्लु हेभेन एकेडेमीले आयोजन गरेको उक्त कार्यक्रम प्रमुख अतिथी नेकपा एमालेका कमिटी सदस्य सलाउदिन अहमद ले रिबन काटी उदघाटन गर्नुभएको थियो। मनतव्य व्यक्त गर्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै अहमदले खेलकुदको महत्वको चर्चा गर्दै विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो । 

 

उहाँले खेलकुदले आत्मविश्वास, अनुशासन र सहकार्यका गुणहरू विकास गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।विद्यालयका प्रिन्सिपल सुदिल पटेलले कार्यक्रमको सफलताका लागि विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो ।

उक्त कार्यक्रममा सक्सेस प्वाइन्टका संचालक अनारुल मियाँ,गढीमाई मिडिया न्युज प्रा.लि का संचारकर्मी दिपेन्द्र चौधरी सहनी,ब्लु हेभेन एकेडेमीका संचालक तथा प्रिन्सिपल सुदिल पटेल,संजय सहनी,स्पोर्ट कोच अलिराज सर,कार्यक्रम संयोजक पूजा कुमारी,प्रितम देवी तथा अन्य शिक्षक लगायत सम्पूर्ण विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रम पश्चात खेल सुरु भएको थियो। आजको खेल पि.जी र नर्सरीका विद्यार्थीहरुका लागि थियो भने खेलमा १५ जना सहभागी थिए। खेलको पहिलो राउन्डमा डोरीमा चकलेट बांधेर चकलेट टिप्ने,दोस्रो राउन्डमा बैलुन फुटाउने र तेस्रोमा बल टिपेर बट्टामा राख्ने खेल गरिएको थियो।

 

यसरी पहिलो,दोस्रो र तेस्रो राउन्ड पार गरी फाइनलमा प्रथम,द्वितीय र तृतीय सहभागीलाई पुरस्कार वितरण गरि आजको खेल समापन भएको हो। आज को खेल पि.जि. र नर्सरीका विद्यार्थीहरुका लागि थियो भने भोलि एल.के.जी र यु.के.जी का विद्यार्थीहरुको लागि रहेको छ। यसरी आज देखि सुरु भएको यो पहिलो वार्षिक खेलकुद एक सप्ताह सम्म चल्ने स्पोर्ट हेड बिजय कुमार पटेलले बताउनुभयो।

Related posts