त्रिपक्षिय सामाजिक संवाद सयन्त्र गठन ।

बिरगंज । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष श्री गणेश प्रसाद लाठ ज्यूको अध्यक्षतामा, नेउवा महासङ्घ, घरेलु तथा साना उद्योग समितिका सभापति श्री डि.बी. बस्नेत ज्यूको प्रमुख आतिथ्यतामा तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री सुबोधकुमार गुप्ताज्यूको समुपस्थितिमा त्रिपक्षीय सामाजिक संवाद संयन्त्रको गठनको साथै प्रदेशस्तरीय नीति निर्माणमा निर्वाह गर्नुपर्ने भूमिका विषयक छलफल र अन्तरक्रिया कार्यक्रम वीरगञ्जको होटल मकालुमा सम्पन्न भएको छ ।

photo 2021 07 12 11 04 20

कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री हरि गौतम, सचिव श्री आशीष लाठको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पर्सा–बाराका ट्रेड युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Related posts