भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम सहकारी ठगीमा पक्राउ

जंगम बानेश्वरस्थित साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन्। सहकारीको आर्थिक अपचलनका सम्बन्धमा लामो समयदेखि छानबिन चल्दै आएको थियो। यसै सन्दर्भमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

साई स्वागत सहकारीको निवर्तमान उपाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल हुन्।

Related posts