काङ्ग्रेस सय दिने विशेष अभियान हिमालीमा सुरुवात

बाजुरा, पुष ०७ । नेपाली काङ्ग्रेस १०० दिने विशेष अभियान हिमाली गाउँपालिकामा सुरुवात गरिएको छ। नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका गाउँ कार्यसमितिको आयोजनामा वि.पि. स्मृति भवन धुलाचौर सञ्चालन गरिएको छ। असोज ७ गतेदेखि पौष २५ गतेसम्म १०० दिने विशेष अभियान गरिने भएको छ। नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति निर्देश र जिल्ला कार्यसमितिको निर्णय अनुसार अभियान सञ्चालन भएको हो। नेपाली काङ्ग्रेस पाटी बलियो बनाउनका लागि पाटीको क्रियाशील नयाँ बनाउने र पुरानो नवीकरण गर्नका निम्ति नेपाली काङ्ग्रेसको सय दिनमा मंसिर १६ गतेदेखि हिमाली गाउँपालिका वडा नम्बर ७ बाँधु बाट सुरुवात गरिने भएको छ।

पाटी सुदृढीकरण संगै पालिका वडामा भएका भातृसंघ गठन साथसाथै लैजाने उद्देश्य रहेकोे छ। सोही कार्यक्रम नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्की अध्यक्षतामा प्रमुख अतिथि जिल्ला कार्यसमिति उपसभापति नारायण उपाध्याय महासमिति सदस्य गोबिन्द बहादुर मल्ल जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमान्द पाण्डे महाअधिवेशन प्रतिनिधि रमेश विक, रिता सिंह प्रदेश क्षेत्रीय सभापति जयबहादुर अधिकारी लगायत नेताकार्यकर्ता बाक्लो सहभागी १०० दिने विशेष अभियान गरिएको गाउँ कार्यसमिति सभापति अमलाल कार्कीले बताए।

Related posts